समाज

धनकुटामा बस दुर्घटना २७ घाइते, १० को अवस्था गम्भिर

धनकुटामा बस दुर्घटना २७ घाइते, १० को अवस्था गम्भिर
वैशाख १२ । मूलघाट सडकखन्डमा सोमबार बस दुर्घटना हुँदा २७ यात्री घाइते भएका छन् । संखुवासभाको खाँदबारीबाट धरान जाँदै गरेको को१ख ४०७२ नम्बरको पशुपति यातायात मूलघाट–च्याङ्च्याङ्बारीमा पर्ने जंगलभित्रको पाँच गोलाइमा दुर्घटना भएको जनाइएको छ । ब्रेकफेल भइ अनियन्त्रित बस भित्तामा ठोक्किएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।  घाइते सबैलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घाइतेमध्ये १० जनाको स्थिति गम्भीर रहेको ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले बताए ।

Accident

विशेष