खेल

आइपीएल क्रिकेटमा पुनेले मुम्बईलाई हरायो

आइपीएल क्रिकेटमा पुनेले मुम्बईलाई हरायो

वैशाख १२ । इण्डियन प्रिमियर लिग क्रिकेटमा राइजिङ पुने सुपरजाइन्टले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा राईजिङ पुने सुपरजाईन्टले मुम्बई इन्डियन्सलाई ३ रनले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको पुनेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन जोड्यो । पुनेका लागि राहुल त्रिपाठीले ४५ रन तथा अजिन्क्या रहानेले ३८ रन जोडे । जवाफमा १ सय ६१ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रनमै समेटियो । मुम्बईका रोहित शर्माले ५८ रन जोडे पनि तल्लो पंक्तिका ब्याट्सम्यान चल्न नसक्दा टोली पराजित हुन पुग्यो ।

मुम्बईलाई सस्तैमा समेट्न पुनेका जयदेव र बेन स्टोक्सले २र२ विकेट लिए । ८ खेल खेलिसकेको मुम्बईको यो दोस्रो पराजय हो । यद्यपि मुम्बई अंक तालिकाको शीर्ष स्थानमै छ । आईपिएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंग्लोर र सनराईजर्स हैदरावाद भिड्नेछन् ।

Ipl

विशेष