मनोरञ्जन

करणलाई छक्का भनेपछि....

करणलाई छक्का भनेपछि....

बैशाख १२ । बलिउड निर्माता तथा निर्देशक करण जोहर एकपटक फेरि विवादमा परेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो मजाक बनेपछि सधैँ मुख फोडेर जवाफ दिने करणलाई यसपटक पनि ट्वीटरमा समलिंगी भनेर मजाक उडाइयो ।

करणलाई समलिंगी भनिएपछि उनले पनि मुख खोलेका छन् । एक भारतीय पत्रकार बर्षा दत्तले करण र उनको एक अन्तर्वाता सेयर गरेकी थिइन् । उक्त अन्तर्वातामा एक व्यक्तिले साह्रै भद्दा टिप्पणी गरेका थिए । जसमा करणले उक्त युटुब युजरलाई ट्वीटरमा जवाफ दिएका छन् ।

बर्षा दत्तको ट्वीटरमा एक युजर्सले ट्वीट गरे, ‘एक छक्काले अर्को छक्काको अन्तवार्ता लिँदै छ ।’ त्यसमा करणले जवाफ दिए, ‘त्रिपाठी जी म चाहन्छु की तपाई चाँडै ठिक हुनुहुन्छ, आफ्नो औषधी लिन नभुल्नुहोस् । हरेक दुई घण्टामा आफ्नो मुख कुल्ला गर्न पनि नभुल्नुहोला ।’

Karan

विशेष