वैशाख १२ सम्झदाँ
भुकम्प आएको आयै छ । म नडाराइ हिडेको हिडै छु । कहाँ जानु पर्छ र कहाँ जाँदै छु, त्यो केवल मलाइ मात्रै थाहा थियो । जहाँ जाँदै छु त्यो विस्तृत जानकारी दिने हो ।
मलाइ मेरो जीवन के होला कुनै डर थिएन । मलाई भगवानले सजिलै मर्न दिनु हुन्न भन्ने भरोशा थियो । सुरुमा कलाकार करिश्मा मानन्धरको सहयोगमा दिनुभएको राहत सामाग्री बितरणको यात्रा सुरुवातमै अत्यन्तै जोखिम पुर्ण रह्यो । म चढेको बस दोलालघाट भन्दा केही अगाडि १–२मिनेटको अन्तरालमा ठूलो पहिरोले पुरिनबाट जोगियो नत्र १५ मिटरको दुरि बिच भुकम्पले बाचेको म फेरि ठूलो पहिरोबाट पनि बचे ।
मलाइ त्यसले कुनै असर नै पारेन । भुकम्पले फेरि त्यति खेर पनि हल्लायो । क्यानाडाको उद्दारकर्मी बाटो खोल्न कोसिस गरे पछि डोजर पनि आयो । गाउँमा सबै आफ्नै घर परिवारमा अल्मली रहेका छन । मलाइ साथ देउ गाउको लागि भन्दा साथ दिने कोहि थिएनन् । कसैले साथ नदिएपनि मैले काम गर्न छोडिन् ।
सुरुमा एक हप्ता बत्ति नभएर मोबाइल अफ भयो । राजधानी लगायत नेट पनि चलाउन नपाउदा बजारको ल्याण्डलाईनबाट काम चलाउन पर्यो । त्यो धेरै गार्हो थियो । त्यो बेला पैसा नहुदा केही दिन उधारो फोन पनि गरियो । धेरैलाइ त्यही फोन भएको पसल मा सन्देश छाड्न भनेर पनि काम गरेको थिए ।
सबै भन्दा गाह्रो सिन्धुपाल्चोक को बराम्ची जानलाई परेको थियो । त्यो ठाउँ अति दुर्गम र टाढा कहिले नगएको ठाउँ । कोहि साथी पनि जान मानेनन कसैलाइ घर बाट जान अनुमती भएन । मैले विद्यालयमा आउने खबर दिइ सकेको थिए । त्यसैले मैले पुग्नै पर्थ्यो । मैले सुरु मध्य र अन्त्य गरेर काम गरेको थिए ।
सुरुमा राहत मा खाद्यान्न र स्वास्थ्य सेवामा नि सुल्क स्वास्थ्य सिबिर गरेको थिए । पछि बालबालिका हरुको लागि सिन्धुपाल्चोक कै सुकुटेका बालबालिकाहरुको लागि एक हप्ते मनोविमर्श शिबिर सञ्चालन गरेको थिए । अन्य दुई तीन वटा विद्यालयमा एक दिने एक हप्ते सिविर सन्चालन गरिएको थियो ।
जुन आवश्यक थियो । गाह्रो त्यतिबेला भयो गाउँमा बालबालिकाको लागि गरिएको मनोबिमर्श सिबिरलाई गाउलेहरुले बुझ्नै सकेनन् । बन्द गर्न उर्दि आयो यति सम्म कि थप्पड लगाउछु भन्ने पनि भए । मैले बन्द नगरी विशेष कार्यक्रम आयोजना गरे । कलाकारहरु लगेर बिद्यायालयलाई शैक्षिक सामाग्री बितरण गरेर समापन गरे । त्यो बेला बाहिर जिल्लाका धेरै साथिहरुले साथ दिनु भयो । बराम्चीको यात्रा बिद्यायालयको अभियान अन्तर्गत थियो ।
त्यो बेला जिल्लामा धेरै गाउँबाट राहत नपाएको खबर आइरहेको थियो । पुरै गाउँ नै नकारात्मक हल्लाले आक्रान्त थियो । त्यतिबेला नमोबुद्ध एफएम पिडितको कुरा सुन्ने र सुनाउने कार्यक्रम गरेको थियो । सबै मान्छेहरुले राहत नपाएको न भएको भनिरहेका थिए । रेडियोमा मैले फोन गरेर सञ्चारकर्मीहरुसंग आग्रह गरे ।
मैले लगभग सबैलाइ फोन गरेर उहाँहरुको कुरा सुने । अपाङ्गहरु हिड्नका लागि बैशाखी नपाएर बसेका रहेछन् । उनीहरुहलाई बैसाखी पुर्याइदिए । बराम्चीमा एउटा सेवाभाव लिएर गइयो । बिचमा पुगेर रात पर्यो समयमा पुग्न नसकेर बराम्चिका हेडसर फर्किनु भएछ चार्ज नभएर फोन अफ भयो । पछि ढाडे भन्ने ठाउमा पुगे पछि आफ्नै आफन्त भेटिनु भयो ।
राती सोध्दा उहाँ नजिकैको स्कुलको शिक्षक हुनु भएकोले त्यो क्षेत्रको सबै शिक्षकको बारेमा जानकारी रहेछ । उँहाले आफै बराम्ची स्कुलको सरलाई खबर गरेर जानकारी दिनु भयो । त्यो दिन त्यही बसेर बिहान ४ घण्टा जति सिधै उकालो हिडेर स्कुल पुगियो । ३ सय ५० जना विद्यार्थी कुरेर बसेका मलाई विद्यालय पुगे पछि छुट्टै अनुभव भयो त्यो अवस्थामा पनि धेरै टाढा टाढा बाट पनि पढ्नको लागि जोखिम मोल्दै आइरहेको देखे ।
त्यो बेला मैले ३ सय ५० विद्यार्थीहरुलाइ पुग्ने कापी कलम, खेलकुदका सामाग्रीहरु पुर्याएको थिए । त्यहाँको शिक्षकले सामाग्री हस्तान्तरण गर्दा कलमको बिषयमा बोल्नु भो । भुकम्पले गर्दा हाम्रो बिद्यालय ढल्यो, घर ढल्यो किताब पुरियो, कापी पुरियो सबै पुरियो । र पनि जिन्दगीमा अघि बढ्न पढाइ जरुरी छ भनेर तिमीहरुलाई कापी कलम लिएर आएका छन् ।
आज ती दिनहरुलाइ एक–एक गरेर सम्झिन मन लागेको छ । आज दुई वर्ष भएछ । सम्झन त मन छैन ती दिनहरु फेरि दर्दनाक क्षण बिर्सिन पनि त सकिँदैन नि ।
Umesh Babu