राष्ट्रिय अवार्ड फिर्ता लैजानुस् : अक्षयकुमार

बैशाख १२ । केही समयअघि फिल्म ‘रुस्तम’ बाट राष्ट्रिय अवार्ड हात पारेका अभिनेता अक्षय कुमारलाई सामाजिक सञ्जालमा खुब मजाक उडाइयो । त्यसै सन्दर्भमा अक्षयले फेरी पनि मुख खोलेका छन् ।
एक भारतीय सञ्चारमाध्यमले उनलाई अवार्डबारे प्रश्न गर्दा उनले भने, ‘मेरो २५ वर्षको कार्यकालमा जब कसैले अवार्ड जित्छ त्यसलाई केही न केही विवादमा मुछ्ने गरिन्छ ।
त्यसकारण यो मेरो लागि नौलो विषय होइन । यो अवार्ड मलाई २६ वर्ष पछि मिलेको हो । यदि तपाईलाई मन लाग्यो भने यो अवार्ड फिर्ता लिनुहोस् ।’
Akchya Kumar