स्वास्थ्य

संसारकै दुर्लभ घटना : दुइ सन्तान जन्माएको दुई हप्तामा अर्को सन्तानको जन्म

संसारकै दुर्लभ घटना : दुइ सन्तान जन्माएको दुई हप्तामा अर्को सन्तानको जन्म

बैशाख १२ । मानव जीवनमा कतिबेला के हुन्छ भन्ने कुराको केही टुंगो हुँदैन । त्यस्तै बेलायतकी जोलेनी ब्रोड नाम गरेकी एक महिलाको जीवनमा पनि अप्रत्यासीत घटना घटेको छ ।

बेलायतकी ती महिलाले गर्भवती भइसकेपछि पुनः अर्को पटक पनि गर्भ धरण गरिन् । रिपोर्टकाअनुसार उनले पहिलो पटक जुम्ल्याहा शिशुलाई जन्म दिइन् । त्यसको दुई हप्तापछि तेस्रो शिशुको पनि जन्म भयो ।

यस घटनालाई चिकित्सकहरुले नै शताब्दीकै दुर्लभ घनाको संज्ञा दिएका छन् । शताब्दीमा नै यस्तो घटना छैटौँ पटक भएको उनीहरुले बताएका छन् ।

चिकित्सहरुले दाबी गरेअनुसार कुनै पनि महिला गर्भवती भएपछि दुई हप्तादेखि एक महिनाभित्र पुनः गर्भवती हुनुलाई विज्ञानमा त्यसलाई ‘सुपरफोएटेशन’ भनिन्छ । विश्वमा पहिलो पटक यस्तो घटना सन् १८६५ मा भएको बताइएको छ ।

Baby Born

विशेष