Technology

एनटीसीका सबै सेवा एउटै काउन्टरबाट, कार्यालयभित्र फेसबुक प्रतिबन्ध

एनटीसीका सबै सेवा एउटै काउन्टरबाट, कार्यालयभित्र फेसबुक प्रतिबन्ध

वैशाख - १२ । नेपाल टेलिकमले यही वैशाख १ गतेदेखि नेपाल सरकारबाट सन्चालित gov.np डोमिनका करिब पाँच सय ५० वेबसाइट टेलिकमका जीएसएम मोबाइल सेवाबाट निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल सरकारका वेबसाइट जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्ररुपमा ब्राउज गर्न सकिने जानकारी दिइन् । कम्पनीले आफ्ना सेवालाई ग्राहकमैत्री र प्रविधिमैत्री बनाउँदै लगेको उल्लेख गर्दै प्रमुख पर्यटकीयस्थल मुगुको राराताल क्षेत्रमा थ्रीजी सेवा सन्चालनमा ल्याएको छ । उक्त क्षेत्रमा सेवा प्रदान गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई सूचना तथा सन्चार क्षेत्रमा पहुँच बढ्ने र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ । कम्पनीको फाइबर सञ्चाल ५५ जिल्लामा पगेको र थप विस्तारका लागि पहाडि जिल्लामा एक हजार किमिको मार्गमा अप्टिकल फाइबर विस्तार गरिरहेको जनाएको छ । यो आयोजना प्रश्चात् कुल ६६ जिल्ला अप्टिकल फाइरको सञ्जालमा जोडिने कम्पनीले जनाएको छ । साथै कम्पनीले कार्यालयको कार्यसम्पादनमा छिटोछरितोपना ल्याउनका लागि सबै सेवाहरुको एउटै बिलिंग काउन्टर र कस्टमर केयर प्रविधि जडान गरेको छ । कम्पनीले यही वैशाखदेखि आफ्नो कार्यालय समयमा ‘फेसबुक’ चलाउन नपाइने व्यवस्था गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । उनले आगामी आवमा चौथो पुस्ताको इन्टरनेट सेवालाई विस्तार गरिने, पुराना प्रणालीलाई नयाँमा स्थानान्तरण गरिनेजस्ता कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने बताइन् । कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी मोबाइलबाट *१४१५# डायल गरी नाइट डाटा, पेसबुक प्याक, स्पेशल डाटा प्याक, स्मल डाटा प्याक, नियमित डाटा प्याक र न्यू इएर डाटा प्याक लिन सकिने सुविधासमेत उपलब्ध गराएको छ ।

NTC NTC mobile NTC nepal

विशेष