मनोरञ्जन

६ विधामा वर्ल्ड रेकर्ड राख्ने तयारीमा रहेकाे फिल्म 'जालो'को यस्तो छ ट्रेलर

६ विधामा वर्ल्ड रेकर्ड राख्ने तयारीमा रहेकाे फिल्म 'जालो'को यस्तो छ ट्रेलर

बैशाख १२ । इतिहासमा पहिलो पटक नेपाली फिल्मले विश्वसामु किर्तिमान कायम गर्दै छ । उक्त किर्तिमान चलचित्र ‘जालो’ ले राख्न लागेको हो । गिनिज बुक अफ् वल्र्ड रेकर्डमा नाम लेखाउने गरि बन्न लागेको उक्त फिल्मका लोभलाग्दा विशेषताहरु छन् । एक सटमा खिचिएको दुई चलचित्र, लामो एक सट चलचित्र, लामो एक सट चलचित्र खिच्ने छायाँकार, लामो एक सट चलचित्र लेख्ने लेखक र निर्देशक, लामो एक सट चलचित्रमा अभिनय गर्ने कलाकारको नाममा यस फिल्म गिनिज बुकमा किर्तिमान कायन गर्ने तयारीमा छ । यसरी थुप्रै विधामा टाइटल लिने तयारीका साथ दर्शकलाई मनोरञ्जन पुर्याउने उद्देश्यले बनेको उक्त फिल्म पूर्ण व्यवसायिक ३ घण्टा ५३ मिनेट एकै चोटि खिचिएको चलचित्र हो । फिल्म सस्पेन्स थ्रिलर जानरामा बनेको छ । उक्त फिल्म सम्पूर्ण टिमको मेहनतले ६ महिनाको अनुसन्धान र ११ दिनको वर्कसप पछि २० औँ दिनमा तेस्रो टेकमा फाइनल भएको थियो । चलचित्रमा मुख्य कलाकारको रुपमा निर शाह, प्रकाश श्रेष्ठ, प्रमिला खनाल, अनुप विक्रम शाही, रेमन दास श्रेष्ठ, मेनुका प्रधान आदिको अभिनय रहेको छ ।

world record

विशेष