मनोरञ्जन

अभिनेत्री इशा दिओल आमा बन्दै, हेमा मालीनी हजुरआमा बन्ने

अभिनेत्री इशा दिओल आमा बन्दै, हेमा मालीनी हजुरआमा बन्ने

बैशाख १२ । बलिउडकी चर्चित अभिनेत्री हेमा मालिनीकी छोरी अभिनेत्री इशा दिओल आमा बन्ने भएकी छिन् । केही वर्षअघि मुम्बाईका बिजनेसमेन भरत तख्तानीसँग विवाह बन्धनमा बाँधिएकी इशाले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन् । इशा बलिउड अभिनेता धर्मेन्द्र देवल र अभिनेत्री मालीनीकी छोरी हुन् । केही समयअघि बलिउड अभिनेता कुनाल खेमु र अभिनेत्री सोहा अली खानले पनि आफूले बच्चा जन्माउन लागेको खबर सार्वजनिक गरेका थिए । तर, इशाले भने औपचारिक रुपमा यस कुरालाई खुलाएकी छैनन् ।

विशेष