मनोरञ्जन

फरहान र अधुना आधिकारिक रुपमा छुट्टिए

फरहान र अधुना आधिकारिक रुपमा छुट्टिए

बैशाख १२ । बलिउडका चर्चित जोडी रहेका फरहान अख्तार र अधुना भवानी आधिकारिक रुपमा छुट्टिएका छन् । केही समयअघि डिभोर्सको चर्चामा रहेका यी दुई करिब ६ महिना पछि कानूनी प्रक्रिया अनुरुप अलग्गिएका हुन् । अघिल्लो वर्षको अक्टोबरमा डिभोर्सको निवेदन हालेका यी दुईको फैसला अदालतले ६ महिनापछि गरेको छ । अदालतको समर्थनमा हिजो सोमबार आधिकारिक रुपमा उनीहको डिभोर्स भएको हो । फरहान र अधुनाका दुई (साक्या र अकिरा) छोरीहरु छन् । उनीहरुले सन् २००० मा दुई वर्षको प्रेम सम्बन्धलाई मूर्त रुप दिँदै विवाह गरेका थिए । फरहान अधुना भन्दा ६ वर्ष कान्छा छन् ।

विशेष