समाज

अस्तिकलाई भर्ना लिन कुनै स्कुल तयार भएनन्

अस्तिकलाई भर्ना लिन कुनै स्कुल तयार भएनन्

–अर्कना खातुन वैशाख–१३ । कुपण्डोलस्थित भोलेन्टियर फाउण्डेसन नेपाल, ‘पापाज होम’मा बस्ने ११ वर्षीय अस्तिक बोल्न सक्दैन् । बोल्न नसक्ने भएकोले उस्ले पढ्न र लेख्न पाएका छैनन् ।

पापाज होमका अध्यक्ष ललितबहादुर शाही भन्छन, ‘हाम्रो घरमा २४ जना बालबालिका छन् । कसैको त्यति साह्रो चिन्ता लाग्दैन् किनकि सबले जसरी पनि गरिखान सक्छन् । यहाँ सब स्कूल पनि जान्छन् । सबै शिक्षित भएका कारण भविष्यको पनि खासै चिन्ता छैन् । तर, मलाई अस्तिकको अत्यन्तै चिन्ता लाग्छ ।’

‘ऊ बोल्न सक्दैन् । अहिले यहाँ घरमा हुन्जेल त ठीक छ । तर, अशिक्षित भएको कारण भविष्यमा के गरि अधि बढ्ने हो, त्यो सोचेर चिन्ता हुन्छ मलाई ।

मौनताको कथा

करिब दुई वर्ष अगाडि दशैं भन्दा केहि अघि मात्र पुल्चोकको सेलवेज सुपर मार्केट अगाडिको पेट्रोल पम्प निर भेटिएका थिए उनी । कसरी भेट्नु भो प्रश्न गर्दा ? शाहीले बताए, बिबिसीमा अन्तर्वार्ता प्रशारण भए लगतै भोलिपल्ट मलाइ फोन आएको थियो । अन्तवार्ताकै क्रममा आफ्नो मोबाइल नम्बर सार्वजनिक गरेको थिएँ । त्यो एक जना डाक्टरले पनि सुनेका रहेछन् । डाक्टरले जानकारी दिए त्यस बालकको ।’

ति डाक्टरको घर छेउको सडक पेटिमा सुतेको देख्दा उनलाई साहै्र माया लागेको रहेछ । म हेर्न गएँ र जावलाखेल पुलिस तथा केन्द्रिय बालकल्याण समितिको सहयोग तथा जानकारीमा बालकलाई आफ्नो बालगृह लिएर आएँ । त्यो बेला उसको उमेर अन्दाजी १० वर्ष थियो होला । अस्तिक नाम पनि मैले नै दिएको नाम हो ।

बोल्न नसक्ने भएकोले कुनै विद्यालयले भर्ना नै लिएन

शाहीले भने, ‘ उ कसरी त्यहा पुगे, उनी को हुन् कसैलाई पनि थाहा छैन । बाटो बिराएको हो कि, घरबाट भागेको हो कि वा बाबुआमाले नै छाडेका हुन् एकिन छैन ।’

अहिलेसम्म यो प्रश्न पनि उ जस्तै मौन छ । अस्तिकको पढाइका बारेमा शाहीले भने, ‘उ बोल्न सक्दैन । बोल्न नसकेको कारण कुनै पनि बिद्यालयले भर्ना लिन मानेनन् ।’ अस्तिक सुन्न सक्छन् । कुराकानी बुझ्न पनि सक्छन् । बहिराहरुको स्कुलमा पनि उनलाई बहिरो होइन भनेर भर्ना नलिएको शाहीले जानकारी दिए ।

शाहीले भने, ‘सबै बच्चाहरुलाई मैले चाहिने सबै थोक पुर्‍याएकै छु । तर, बस दुख यति छ कि अस्तिकलाई ज्ञानको ज्योति दिन सकिरहेको छैन । उनले मलाई आग्रह नै गरे बरु तपाईको लेखाईले कतैबाट सहयोग पाइदिए राम्रो हुन्थ्यो । उ हाम्रो भविष्य हो । भोलि गएर उसले धेरै गर्नुपर्ने हुन्छ तर ज्ञानको ज्योति नभए के कति गर्छ र । ज्ञानको साथै अतिरिक्त क्रियाकलाप जे मा भए पनि, आफै भोलिको लागि अगाडि बढिदिए उ प्रतिको चिन्ता कम हुने थियो । म अग्रह गर्छु कुनै विद्यालयले मिल्छ भने अस्तिकलाई आफ्नो स्कूलमा भर्ना लिदिनुस् । बिनम्र आग्रह गर्दछु ।’

विशेष