खेल

त्रिभुवन आर्मी विजय मेमोरियल कपको सेमिफाइनलमा प्रवेश

त्रिभुवन आर्मी विजय मेमोरियल कपको सेमिफाइनलमा प्रवेश

वैशाख १३ । विरगंजमा जारी विजय मेमोरियल कपको सेमिफाइनल समिकरण पुरा भएको छ ।

मंगलबार भएको अन्तिम सेमिफाइनल समिकरण खेलमा विभागीय टोली त्रिभुवन आर्मीले हिमालयन शेर्पालाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा जनजागृती क्लबसँगको भेट पक्का गरेको हो ।

खेलको पहिलो हाफमा हिमालयका एलेक्सले गरेको गोल मार्फत अग्रता लिएको हिमालयले त्यसलाई जोगाई राख्न नसक्दा खेलको दोस्रो हाफको ७६ औं मिनेटमा आर्मीका प्रिन्स कार्कीले बराबरी गोल गरे । त्यसपछि निर्धारित समयमा दुबै टिमबाट कुनै गोल हुन सकेन र खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

आज हुने पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल प्रहरीले संकटा क्लबको सामना गर्ने छ । त्यस्तै भोली हुने अर्को सेमिफाइनलमा त्रिभुवन आर्मीले जनजागृती क्लबको सामना गर्ने छ । कुल आठ टिम सहभागी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख हात पार्ने छ ।

विशेष