मनोरञ्जन

रेखाको फोटो पोस्टरबाट हटाइएपछि गरिन बबाल

रेखाको फोटो पोस्टरबाट हटाइएपछि गरिन बबाल

वैशाख १३ । पोस्टरबाट रेखा थापाको फोटो हटाइएपछि बबाल मच्चिएको छ ।

हितैषी छुल्ठिम गुरुङद्वारा निर्माण गरिएको चलचित्र डायरीमा रेखाले भिलेनको भूमिका निर्वाह गरेकी थिइन् । तर, फस्र्ट लुक सार्वजनिक गरिँदा पोस्टरमा छुल्ठिम गुरुङ र सन्नी सिंहको अनुहार मात्र देखाइएपछि कुनै समयका हितैषी छुल्ठिम र रेखाबीच पानी बाराबारको स्थिति पैदा भएको छ ।

५ जेठमा रिलिज हुन लागेको ‘डायरी’को पोस्टरमा आफ्नो अनुहार नअटेपछि छुल्ठिमसँग रेखाले आफ्नो असन्तुष्टि पोखिसकेकी छन् ।

यता, छुल्ठिमले भने आगामी पोस्टरमा रेखा थापाको सालो पोस्टर रिलिज गर्ने आश्वासन दिएकी छन् । सान थापा र विजय बस्यालले तयार गरेको उक्त पोस्टरबाट रेखाको अनुहार हट्नुमा दिनेश डिसी हाबी हुनुलाई प्रधान कारण मानिएको छ ।

कुनै समय थियो, रेखाको टाउको र तिघ्राका पोस्टर मात्रै भए पनि बिक्थे । त्यही पोस्टरका आधारमा चलचित्र हेर्न उनका फ्यान हलसम्म पुग्थे ।

जनअास्था

rekha thapa

विशेष