मनोरञ्जन

मनिषा कोइराला क्यान्सरमूक्त भएको पाँच वर्ष पुग्यो

मनिषा कोइराला क्यान्सरमूक्त भएको पाँच वर्ष पुग्यो
बैशाख–१३ । बलिउड अभिनेत्री मनिषा कोइराला चाँडै नै क्यान्सर मूक्त भएको पाँचौ वर्ष मनाउँदै छिन् । मनिषा सहभागी एक कार्यक्रममा उनले आफूलाई क्यान्सर लागेको पाँचौ वर्ष विशेष गरी मनाउने जानकारी दिइन । मिति नतोके पनि उनले पाँच वर्ष पूरा हुने त्यो समय चाँडै आउने बताइन् । क्यान्सरमुक्त भएदेखि उनी शाकाहारी भोजन, नियमित व्यायम, योगा आदिमा केन्द्रीत छिन् । अभिनेत्री कोइरालालाई सन् २०१२ मा पाठेघरको क्यान्सर भएको थियो । त्यसपछि तत्काल केमोथेरापीको लागि अमेरिका पुगेकी उनी केही समयपछि सामान्य अवस्थामा आइन् । यसको श्रेय उनी भगवान्, डाक्टर, गुरुवर्ग र परिवारलाई दिँदै आएकी छिन् । यतिबेला उनी अभिनेता सञ्जय दत्तको बायोपिकमा बन्न लागेको चलचित्रमा व्यस्त छिन् । फिल्मामा उनी सञ्जयकी आमा नर्गिस दत्तको भूमिका निभाउँदै छिन् ।

manisha koirala

विशेष