फिल्म ‘कृ’ को सुटिङ सुरु, सुटिङस्थलमा बडिगर्डसहित पुगे अनमोल


बैशाख १३ । फिल्म घोषणा भएदेखि सर्वाधिक चर्चामा रहेको फिल्म फिल्म ‘कृ’ को सुटिङ सुरु भएको छ । नायक अनमोल केसीले २० लाख पारिश्रामिक लिने भनेपछि फिल्मको चर्चा एकाएक चुलिएको थियो । फिल्ममा अनमोलसँग चर्चित मोडल अदिती बुढाथोकीले जोडि बाँध्ने भएकी छिन् । भारतका विज्ञापनहरुमासमेत काम गरिसकेकी अदितीले पनि लामो समयको कसरत पछि नेपाली फिल्ममा काम गर्न राजी भएकी थिइन् । नायक अनमोल केसीलाई चित्त नबुझेको कारण फिल्म ‘कृ’ को स्कृप्ट बिसौँ पटकसम्म पुर्नलेखन भएको थियो । आफ्नो भूमिकालाई बलियो बनाउन र बाबु भुवन केसी पनि निर्माता रहेका कारण उनले फिल्मलाई विशेष महत्व दिएको बताइएको छ । आफूलाई अभिनय गर्न नआउने ट्याग हटाउनको लागि अनमोलले यस फिल्ममा निकै मिहेनत गरिरहेको बताइन्छ । फिल्मको छायांकन सुरु भइसके पनि छायांकनमा अनमोलमात्र छन् । अदिती भने आफ्ना केही काम विशेषले मुम्बाइमा रहेकको बताइएको छ । फिल्मको सुटिङ टोखास्थित ग्राण्डी अस्पतलबाट सुरु भएको छ । अनमोलले ‘कृ’ को सुटिङको लागि सुरक्षागार्ड लिएर सुटिङस्थल पुगेका छन् । ७ लाख रुपैयाँको मोटरसइकल खरिद गरेका छन् । पहिलो पटक उनले एक्सन जानराको फिल्ममा देखिँदै छन् । Anmol KC