प्रवास

भारतमा नेपाली युवती बलात्कृत, तीन जना पक्राउ

भारतमा नेपाली युवती बलात्कृत, तीन जना पक्राउ
वैशाख - १३ । भारतको हरियाणा प्रान्तको जिन्द जिल्लामा एक नेपाली युवतीको अपहरणपछि सामुहिक बलात्कारको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हरियाणा प्रहरीले बलात्कारको आरोपमा विकास, परमवीर उर्फ पम्मी र कृष्णलाई पक्राउ गरेको हो । चिकित्सकको रिर्पोटबाट युवतीमाथि सामुहिक बलात्कार भएको पुष्टि भएको हो । उनी श्रीमान्सँग हरियाणाको जिन्द जिल्लामा बसोबास गर्दै आएकी थिन् । पीडित युवतीको नाम र नेपाल ठेगाना सार्वजनिक गरिएको छैन । १७ अप्रिलमा पतिसँग झगडा भएपछि उनी नेपालस्थित घर फर्किन भनेर कोठाबाट बाहिर निस्केकी र लिफ्ट दिने प्रस्तावमा अपरिचित पुरुषहरुले मोटरसाइकलमा चढाइ खेतको बीचमा र्पुयाएर तीनै जनाले बलात्कार गरेको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ । २० वर्षीया ती युवतीले प्रहरीमा जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । यसअघि मार्च महिनामा नयाँ दिल्लीमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कारको घटना भएको थियो। सो घटनामा संलग्न पाँच आरोपीलाई दिल्ली प्रहरीले पक्राउ गरेको थियो ।

बलात्कृत

विशेष