मनोरञ्जन

कपिल शर्माको शोलाई सलमानले बन्द गराउने

कपिल शर्माको शोलाई सलमानले बन्द गराउने

बैशाख १३ । अहिलेको बहुचर्चित कपिल शर्मा काण्ड अझै पनि सेलाएको छैन । बरु दिनदिनै त्यससँग सम्बन्धित नयाँ नयाँ चर्चा सुनिन्छन् । केही समयअघि कपिल शर्माको शोको सट्टा सुनिल ग्रोभरको शो सुरु हुने बताइएको थियो । अब त्यसको सट्टा सलमानको टिभी शो प्रशारण हुने खबर आएका छन् । सलामनले अब सोनी च्यानलबाट प्रशारण हुने गरेको शो ‘दश का दम’ चलाउने हल्लाले यतिबेला भारतीय सञ्चारमाध्यम तातेको छ । विवादै विवादमा फसेको कारण ‘द कपिल शर्मा शो’ समाप्त हुन सक्ने धेरैले अड्कल काटेका छन् । उक्त शोको कन्ट्राक्ट पनि सकिन लागेका कारण ‘दश का दम’ सञ्चालन हुने कुरा भइरहेको भारतीय सञ्चारमाध्यमले जनाउँदै आएका छन् । ‘दश का दम’ एक सेलिब्रेटि प्रश्नोत्तर(क्वीज) टेलीभिजन शो हो जुन शोबाट सलमानले रियालीटि टिभी होस्टमा डेब्यु गरेका थिए । उक्त शोको दुईवटा सिजन होस्ट गरिसकेका सलमानले यो तेस्रो पटक होस्ट गर्न लागेका हुन् ।

kapil sharma salman khan

विशेष