समाज

प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको चापाचाप

प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको चापाचाप
वैशाख १३ । रुपन्देहीका प्राविधिक शिक्षा अध्ययन गराउने सामुदायिक विद्यालयमा भर्नाका लागि यतिबेला विद्यार्थीको चाप बढेको छ । शिक्षा मन्त्रालयले कक्षा ९ देखि १२ सम्मका लागि विद्यालयस्तरमा प्राविधिक शिक्षातर्फ कम्प्युटर, सिभिल इन्जिनियरिङ र कृषि बाली अध्ययन गराउनका लागि अनुमति प्रदान गरेका आधा दर्जन विद्यालयमा अहिले भर्ना हुनका लागि विद्यार्थीको भीडभाड छ । सामुदायिक विद्यालयमा नमुना विद्यालयका रुपमा चिनिएको कालिका उच्च मावि बुटवलमा कक्षा ८ पास गरेका विभिन्न विद्यालयका ५०० भन्दा बढीले कम्प्युटर इन्जिनियङका लागि पढ्न फाराम भरेका छन् । कक्षा ९ मा कम्प्युटर विद्यालयमा ४८ जनाको कोटा हुन्छ । फाराम भर्न अन्य विद्यालयबाट आएका विद्यार्थीको घुइँचो रहेको कालिका माविका शिक्षक युवराज कँडेलले बताए । कक्षा ८ पास गरेर ९ मा कम्प्युटर अध्ययन गर्न आउने जिल्लाहरु गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ जिल्लाका विद्यार्थी रहेका छन् । ती जिल्लामा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु कालिकामा भर्ना हुन आएका हुन् । बुटवलको अर्को सामुदायिक विद्यालय नवीन औद्योगिक माविका पनि सिभिल इन्जिनिरिङको कक्षा ९ बाट पढाइ हुने गर्छ । नवीनमा २०० भन्दा धेरैले फाराम भरेको विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतले बताउनुभयो । इन्जिनियरिङ पढाउनले विद्यालयमा ३२ जनाको कोटा हुन्छ । प्राचार्य बस्नेतले भने – “भर्ना हुनका लागि मारामार छ । विद्यार्थी निकै टाढाका जिल्लाबाट समेत आएका छन् ।” नवीनका सिभिल इन्जिनियरिङ गरेका विद्यार्थीहरु अहिले कक्षा १२ पढ्ने ओजेटीमा पुगेका छन् । उनीहरु बुटवल, भैरहवा क्षेत्र पुल तथा सडक निर्माणस्थल पुगेका छन् । रुपन्देहीका अन्य कृषि विज्ञान अध्ययन गराउने सामुदायिक विद्यालयमा पनि भर्ना हुनका लागि विद्यार्थीको चापाचाप रहेको छ । यस्तै कृषि विज्ञानमा ४८ जनाको कोटा रहेको विद्यालयले जनाएका छन् । जिल्लामा तीनबाट सामुदायिक विद्यालयले कृषि विज्ञान अध्ययन गराएको जिल्ला शिक्षा अधिकारी, टेकबहादुर थापाले बताए । सामुदायिक विद्यालयलाई २०६८ सालदेखि प्राविधिक शिक्षाको सम्बन्धन प्रदान गरेको हो । ती विद्यार्थीले अहिले कक्षा १२ को परीक्षा दिइरहेका छन् ।

विशेष