देश

विद्यार्थी संगठनद्वारा एक दर्जन विद्यालयमा तालाबन्दी

विद्यार्थी संगठनद्वारा एक दर्जन विद्यालयमा तालाबन्दी
वैशाख - १३ । निजी विद्यालयले शुल्क वृद्धि गरेको भन्दै पाँच विद्यार्थी सङ्गठनले बुधबार कञ्चनपुरको भीमदत्तनगरमा एक दर्जन विद्यालयमा तालाबन्दी गरिदिएका छन् । वृद्धि गरिएको शुल्क घटाउनुपर्ने, अवैधानिक ढङ्गबाट सञ्चालित शैक्षिक संस्था खारेज गर्नुपर्ने, मापदण्डअनुसारका स्कुल बसहरू सञ्चालन गर्नुपर्ने मागसहित दबाब दिँदै आएका विद्यार्थी सङ्गठनले यहाँका एक दर्जन विद्यालयका लेखा र प्रशासन शाखामा अनिश्चितकालसम्मका लागि तालाबन्दी गरेका हुन् । सनराइज बोर्डिङ स्कूल, ग्लोबल एकेडेमी, इन्टरनेशनल हायर सेकेन्ड्री स्कुल, वेस्र्टन एकेडेमी, मर्निङ ग्लोरीलगायतका एक दर्जन विद्यालयमा तालाबन्दी गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कञ्चनपुरका सहसचिव नरेन्द्र कार्कीले बताए । नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरका नेता इन्द्र साउदले शुल्क वृद्धि घटाउनुपर्नेलगायतका मागसहित मङ्गलबार कञ्चनपुरका जिल्ला शिक्षा अधिकारीको समेत ध्यानाकर्षण गराएको बताए ।

तालाबन्दी

विशेष