खेल

आइपीएलमा कोलकाताले पुनेलाई हरायो

आइपीएलमा कोलकाताले पुनेलाई हरायो

वैशाख १४ । पुणेलाई हराउँदै कोलकाता इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति पुणेमा भएको खेलमा कोलकाता नाईट राईडर्सले राइजिङ पुणे सुपरजाइन्ट्सलाई ७ विकेटले हरायो । १ सय ८३ रनको लक्ष्य कोलकाताले ११ बल बाँकी हुँदा ३ विकेट गुमाएर पुरा र्गयो ।

कोलकाताको जितमा रोविन उथप्पाले ८७ तथा गौतम गाम्भिरले ६२ रनको योगदान गरे । यसअघि पहिले ब्याटिङ गरेको पुणेले निर्धाति २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । पुणेका लागि कप्तान स्टेभेन स्मिथले अविजित ५१ रन तथा अजिन्क्या राहानेले ४६ रन जोडेका थिए ।

गएरातिको जितपछि कोलकाता अंक तालिकाको शीर्ष स्थानका उक्लिएको छ । ८ खेलबाट१२ अंक छ । ८ खेल जितेको पुणे भने ८ अंकको साथ चौथो स्थानमा समेटिएको छ ।

Ipl

विशेष