खेल

सेरेना गर्भवती !

सेरेना गर्भवती !

वैशाख १४ । विश्व नम्बर एक टेनिस खेलाडी सेरेना विलियम्स गर्भवती भएको उनको प्रतिनिधीले पुष्टि गरेका छन् ।

३५ वर्षिय अमेरिकी खेलाडी सेरेना भण्डै पांच महिनाको गर्भवती रहेको अनुमान गरिएको छ । उनका प्रतिनिधिले पुष्टि गर्नु अघि सेरेनाले स्नापच्याटमा ऐनामा देखिएको आफुनो तस्विर २० हप्ता भन्ने क्याप्सन लेखेर पोष्ट गरेकी थिइन ।

उनले लेखेको त्यो पोष्ट केहि समयमा नै हटाएकी थिइन । अब उनले यो सिजनको सबै खेल गुमाउने सम्भावना रहेको छ ।

Serena Williams

विशेष