मनोरञ्जन

महारानी एलिजावेथ बन्दै मार्गोट

महारानी एलिजावेथ बन्दै मार्गोट

वैशाख १४ । हलिउड अभिनेत्री मार्गोट रोबी अब महारानी बन्ने भएकी छिन् ।

बन्न लागेको फिल्म ‘मेरी क्विन अफ स्कट्स’मा मार्गोटले बेलायती महारानी एलिजाबेथ भएर अभिनय गर्ने भएकी हुन् । पछिल्लो फिल्ममा सुसाइड स्वायडमका कारण सर्वत्र चर्चा बटुलेकी उनी अब नयाँ फिल्ममा अनुबन्ध भएकी हुन् ।

फिल्ममा स्कटल्याण्डकी महारानीको भुमिकामा मेरी स्टुवार्टले अभिनय गर्नेछिन । फिल्म एलिजावेथ र मेरीको परिवारबीचको शत्रुताको कथामा आधारित हुने फिल्म निर्माण युनिटले जनाएको छ ।

एलिजाबेथ भएर काम गर्नुपर्ने भएपछि मार्गोटले राजसी ठाँटमा प्रस्तुत हुने अभ्यास सुरु गरिसकेकी छिन् । साथै दरबारको भाषासम्बन्धी प्रशिक्षण लिन पनि सुरु गरिसकेकी छिन् ।

विशेष