मनोरञ्जन

फिल्म रिलिज हुनु पूर्व नै लिक भयो बाहुबली–२

फिल्म रिलिज हुनु पूर्व नै लिक भयो बाहुबली–२

बैशाख १४ । बहुप्रतिक्षित फिल्म ‘बाहुबली २’ रिलिज हुन एक दिनमात्र बाँकी छ । तर, फिल्म रिलिजअघि नै इन्टरनेटमा लिक भएको खबर भारतीय सञ्चारमाध्यमले फैलिएकाे छ।

रिपोर्टअनुसार धेरै सोसल प्लेटफर्मसमा फिल्मको प्रिभ्यू शोबाटै केही भिडियो भाइरल बनेका थिए । उक्त भिडियोलाई ट्वीटरमा पनि पोस्ट गरिएको तर उक्त भिडियो अहिले उपलब्ध नभएको बताइएको छ । तर, यस खबरलाई फिल्मका प्रोडुसर शोबू यारलगड्डाले भने खण्डन गरेका छन् ।

उनले उक्त फिल्म विभिन्न सेन्सर बोर्ड बाहेक अन्त कतै पनि नदेखाइएको बताएका छन् । फिल्म बाहुहबलीको पनि पहिलो भाग रिलिज अगावै अनलाइनमा लिक भएको थियो जसमा प्रभास र अनुष्का शेट्टी आर्मीको युद्धका लागि तयारी गरिरहेका थिए ।

फिल्मको पहिलो विकेन्डको लगभग सबै टिकेट बुक भइसकेको छ । ‘बाहुबली २’ भारतमा पहिलो पटक हजार करोड कमाउने फिल्म बन्न सक्ने अनुमान लगाइएको छ । उक्त फिल्म संसारभर ६५ हजार स्क्रिनमा रिलिज हुँदै छ । यसअघि बाहुबली ४ हजार स्क्रिनमा रिलिज भएकाे थियाे ।

करिब २५० करोडको लगातमा बनेको फिल्म ‘बाहुबली २’ मा प्रभास, राणा दग्गुबत्ती, अनुष्का शेट्टी, तमन्ना, राम्या कृष्णन र सत्यराजको महत्वपूर्ण भूूमिका रहेको छ ।

bahubali 2

विशेष