मनोरञ्जन

पितालाई सम्झदैँ भावुक भइन् प्रियंका

पितालाई सम्झदैँ भावुक भइन् प्रियंका

बैशाख १४ । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला आफ्नो हलिउड डेब्यु ‘बेवाच’ को प्रचारको लागि मुम्बाइ आएकी छिन् । यसै क्रममा प्रियंकाले भर्खरै उनको प्रोडक्सन हाउसको निर्माणमा बनेको फिल्म ‘भेन्टिलेटर’ को सफलताको पार्टी दिएकी थिइन् ।

प्रियंकाका बाबु अशोक चोपडालाई समर्पण गरेर बनेको उक्त फिल्मको सफलताको पार्टीमा बाबुलाई सम्झिदै प्रियंका भावुक बनेकी थिइन् । प्रियंकाका बाबु अशोक चोपडाको निधन भएको ३ वर्ष भइसक्यो । तर पनि प्रियंका जतिबेला बाबुको कुरा हुन्छ भावुक हुने गर्छिन् ।

फिल्मको सक्सेस पार्टीमा प्रियंकाले भनिन्, ‘यो फिल्म मेरो मनको धेरै नजिक छ । यसलाई बनाउन पनि धेरै मेहनत लाग्यो । म न्यूयोर्कमा हुँदा पनि मैले मेरा विदेशी साथीहरुलाई यो फिल्म देखाएँ । उनीहरु मराठी नबुझ्ने भएपनि फिल्म इन्जोय गरे । किन भने फिल्ममा सच्चा सन्देश थियो । त्यसकारण म फिल्मका निर्देशक राजेश र प्रोडक्सन टिमलाई व्यक्तिगत रुपमा धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

उक्तफिल्मको कथा एक बाबुछोरीको सम्बन्धको बारेमा हो । फिल्मका निर्देशक पनि प्रियंकालाई उक्त फिल्मको कथा सुनाउँदा सुनाउँदै भावुक भएका थिए । त्यतिबेला नै प्रियंकाले यस फिल्मलाई निर्माण गर्ने तय गरिसकेकी थिइन् । फिल्मलाई यही वर्षको बेस्ट निर्देशक, बेस्ट एडिटिङ र बेस्ट साउंड एडिटिङ गरेर ३ वटा राष्ट्रिय अवार्ड मिलीसकेको छ ।

Priyanka

विशेष