मनोरञ्जन

मदनकृष्ण श्रेष्ठको जन्मदिन र फिल्म ‘छक्कापञ्जा २’ को शुभमूर्हत एकसाथ

मदनकृष्ण श्रेष्ठको जन्मदिन र फिल्म ‘छक्कापञ्जा २’ को शुभमूर्हत एकसाथ
बैशाख १४ । नेपाली कलाकारिता क्षेत्रका वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ आज(बिहीबार) ६६ वर्ष पूरा गरेर ६७ वर्ष लागेका छन् । उनको जन्मदिनको संयोग पनि कस्तो पर्यो भने चलचत्रि ‘छक्कापञ्जा २’ को शुभमूर्हत पनि सोही दिन भयो । आज नेपाली चलचित्र क्षेत्रमा इतिहास रच्न सफल फिल्म ‘छक्कापञ्जा’ को सिक्वेलको शुभमूर्हतसँगै कलाकार श्रेष्ठले जन्मदिन मनाए । भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा विहीबार फिल्म ‘छक्कापञ्जा २’ को शूभमूर्हत भयो । आजकै दिन कलाकार श्रेष्ठले पत्नी यशोदासँग उही मन्दिरमा लगनगाँठोसमेत कसेका थिए । सोही मन्दिरमा कलाकार हरिवंश आचार्यले पनि पहिलो पत्नी मिरासँग लगनगाँठो गाँसेका थिए । यतिमात्र होइन, आजकै दिन मदनकृष्ण र हरिवंश आचार्यले पनि महको रुपमा जोडिएका हुन् । महले आजकै दिनमा नेपाल राष्ट्रबैंकको वार्षिक उत्सवमा जोडिका रुपमा पहिलो कार्यक्रम देखाएका थिए । उक्त कार्यक्रममा स्वर्गीय राजा बिरेन्द्र वीर विक्रम शाह र उनकी पत्नी ऐश्वर्या मुख्य अतिथिको रुपमा सहभागी थिए । जन्मदिनको यो विशेष कार्यक्रममा उनका जोडि हरिवंश आचार्य, किरण केसी, जीतु नेपाल लगायत हाँस्यकलाकारहरुको सहभागिता रहेको थियो ।

विशेष