समाज

रहेनन ‘बिजुली बा’

रहेनन ‘बिजुली बा’

वैशाख १५ । ५१ वर्षअघि नेपालमा ८३ हजार मेगावाट जलविद्युत उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन गरेका हरिमान श्रेष्ठको बिहीबार निधन भएको छ ।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारक्रममा अपरान्ह ३ बजे उनको निधन भएको परिवार स्रोतले जानकारी दिएको छ । श्रेष्ठले रुसको मस्को इलेक्ट्रिकल इन्जिनियरिङ इन्स्टिच्युटबाट सन् १९६६ मा ‘नेपालको जलविद्युत सम्भाव्यता’ विषयमा विद्यावारिधि गरेका थिए ।

तत्कालीन समयको प्रविधि तथा उपकरणको सहायतामा श्रेष्ठले शोधकृति तयार गरेका थिए । देशको कूल जलविद्युत सम्भाव्यताका विषयमा आधा शताब्दीसम्म उनकै कृतिले चर्चा पाएको छ । उनले पछिल्लो समय भारतमा बिजुली बेचेर मुलुक धनी नहुने भन्दै धारणा राख्दै आएका थिए ।

सम्भाव्यता ८३ हजार १ सय ८१ मेगावाट पत्ता लगाए पनि आर्थिक र प्राविधिकरूपमा ४३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने उनको अध्ययनले देखाएको छ । उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

विशेष