इतिहासमा आज

ह्वाइट हाउसबाट चन्द्रमामा टेलिफोन वार्ता भएको त्यो एतिहासिक दिन (फाेटाेफिचर)

ह्वाइट हाउसबाट चन्द्रमामा टेलिफोन वार्ता भएको त्यो एतिहासिक दिन (फाेटाेफिचर)

बैशाख १५ । जुलाई सन् १९६९ मा ओमेरिकाले एपोलो ११ स्पेसफ्लाइट उडाएप्छि संसार नै चकित भयो । कोही पनि पुग्न नसकेको चन्द्रमामा मानव पुगेर सकुशल फर्किएपछि विश्व स्तब्ध भएको थियो । कुरा १९६१ को हो । यसै समय तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले आफ्नो टोलीलाई चन्द्रमामा पुर्याउने सपना रचेका थिए । सपना देख्न त सजिलो छ । तर, वास्ताविकतामा बदल्न भने कठिन ।
अमेरिकी राष्ट्रपति जोन एफ केनेडिले सन् १९६१ मा अडान गरेको उक्त राष्ट्रिय लक्ष्य १९६९ मा पूरा भएको थियो । त्यतिबेला उनले ६० को दशक सकिनुअघि चन्द्रमामा सफलतापूर्वक मानवलाई पुर्याएर छाड्छु भन्ने अठोट गरेका थिए । त्यसको आठ वर्षमा रिचार्ड निक्सनको कार्यकालमा उक्त लक्ष्य पूरा भएको थियो ।
त्यो कठिन यात्राका लागि तयार भएका थिए कमाण्डर निल आर्मस्ट्रङ, एडविन इ बज एल्ड्रिन । एपोलो ११ लाई साट्रन भी रकेटमार्फत केनेडी स्पेस सेन्टर फ्लोरिडाबाट उडाइएको थियो ।
उक्त यात्रामा गएका यात्रुहरुलाई अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन रकेट उडाइएकै ठाउँमा कुरेर बसेका थिए ।
एपोलो ११ त्यही स्पेसफ्लाइट थियो जसले पहलो पटक सन १९६९ जुलाई २० मा दुई यात्रुलाई सफलतापूर्वक चन्द्रमामा पुर्याएको थियो ।
एन्स्ट्रोनट एडविन बज र उनका मिसन कमाण्डर निल आर्मस्ट्रङले चन्द्रमाको सतहमा करिब २१.५ मिनेट समय बिताएका थिए । चन्द्रमामा भइरहेको आरोहणलाई विश्वभरका टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो । उक्त यात्रामा तीनजना व्यक्ति गएपनि पाइलट भएका अर्का यात्रु माइकल कोलीन्स भने चन्द्रमामा झर्न पाएनन् ।
अमिरिकी राष्ट्रपति रिचार्ड निक्सनले ह्वाइट हाउसबाट रेडियो — टेलिफोन ट्रानसमिसनमार्फत चन्द्रमामा रहेका निल आर्मस्ट्रङ र एडवार्ड बजसँग टेलिफोनवार्ता गरेका थिए । उक्त टेलिफोनवार्तालाई राष्ट्रपति निक्सनले ह्वाइट हाउसबाट गरिएको पहिलो एतिहासिक टेलिफोनवार्ताको संज्ञा दिएका थिए ।
चन्द्रमामा पुगेको एपोलो ११ स्पेसफ्लाइट ३६३ फिट अग्लो थियो । केनेडि स्पेस सेन्टरको प्याड ए स्थित लन्च कम्प्लेक्स ३९ बाट जुलाई १६मा नौ बजेर बत्तीस मिनेटमा उक्त स्पेसफ्लाइट उडाइएको थियो । तीन भागमा विभाजन गरिएको उक्त स्पेसफ्लाइटमा एउटा तीनजना स्पेस यात्रुहरुको लागि क्याबीन अक्सिजन, पानी र बत्तीलगायतमा आवश्यक चिजहरको बनदोबस्ता मिलाइएको थियो ।
चन्द्रमा आरोहणमा पुगेका तीन यात्रीहरुले उत्तरी प्यासीफीक महासागरमा जुलाइ २४ मा सफल रुपमा ल्याण्ड गरेका थिए ।

विशेष