मनोरञ्जन

कटप्पाले यसकारण मारे बाहुबलीलाई, रहस्य नखुलाउन १५० जना क्रु मेम्बरलाई शपथ

कटप्पाले यसकारण मारे बाहुबलीलाई, रहस्य नखुलाउन १५० जना क्रु मेम्बरलाई शपथ

बैशाख १५ । भारतीय फिल्म ‘बाहुबली’ ले २२ महिनाअघिदेखि दर्शकमा उब्जाएको कौतूहुलतालाई मेटाएको छ । पहिलो फिल्म ‘बाहुबली’ मा कटप्पाले बाहुबलीलाई किन मारे भन्ने प्रश्नको उत्तर नदिएर ‘बाहुबली २’ यस वर्षकै बहुप्रक्षित फिल्म बन्न पुगेको थियो । आखिर कटप्पाले राजमाता शिवगामीको भनाई मानेर बाहुबलीलाई मारेका हुन्छन् । फिल्ममा भने यसको उत्तर विस्तृत रुपमा देखाइएको छ । बाहुबलीका निर्माता शोबु यरलागड्डा, निर्देशक एसएस राजमौली र कथाकार विजयन्द्र प्रसादका अनुसार बाहुबलीको सुरुवाती स्किृप्टमा कटप्पाले बाहुबलीलाई मार्ने कुनै प्लान नभएको बताएका छन् । उक्त सिनको ठाउँमा कहानी अर्कै थियो । अहिले ‘कटप्पाले बाहुबलीलाई किन मारे ?’ भन्ने प्रश्न फिल्मको मेरुदण्ड बनेको छ । चर्चित फिल्म ‘बजरंगी भाइजान’ र ‘बाहुबली’ को कथा लेखिसकेका विजयन्द्रकाअनुसार पहिला कटप्पा र बाहुबलीको उक्त ड्रामाटिक सिन कहानीमा समावेश गरिएको थिएन । तर, क्रु मेम्बरले फिल्ममा ड्रामा पनि राख्न सुझाएपछि उक्त सिन अन्तिममा जोडिएको थियो । उक्त प्रश्नको उत्तर फिल्मका १५० क्रु मेम्बरलाई थाहा थियो । उनीहरुलाई पनि गोपनीयताको शपथ खुवाएर फिल्मका निर्देशक तथा निर्माताले पनि उक्त सिनको छायांकन गर्ने समयमा विशेष गोपनियता अपनाएका थिए । यतिमात्र नभएर, उक्त सिनसँग जोडिएको खबर लिक गर्नेले फाइनन्सीयल पेनाल्टी र सजाय पनि भोग्नुपर्ने व्यवस्था थियो ।

bahubali 2

विशेष