मनोरञ्जन

फिल्म प्रदर्शनको पहिलो दिनमै सय करोड क्लबमा ‘बाहुबली २’

फिल्म प्रदर्शनको पहिलो दिनमै सय करोड क्लबमा ‘बाहुबली २’
बैशाख –१६ । बलिउडको बहुप्रतिक्षित फिल्म ‘बाहुबली २’ले पहिलो दिनमै सय करोड भन्दा बढी व्यापार गर्न सफल भएको छ । हिन्दी र अन्य संस्करण गरेर फिल्मले पहिलो दिनमै कूल एक सय आठ करोडको व्यापार गरेको भारतीय मिडियाले जनाएका छन् । फिल्ममा ‘कटाप्पाले बाहुबलीलाई किन मारे ?’ भन्ने प्रश्न नै फिल्मको मुख्य सस्पेन्स थियो । यही कौतुहलताले छट्पटिएका दर्शक करिब २२ महिना पछि उक्त प्रश्नको उत्तर दिन सफल भएको फिल्म ‘बाहुबली २’ हेर्न हलसम्म पुग्ने नै भए । एस एस राजमौलीले निर्देशन गरेका उक्त फिल्मले अहिलेसम्म नै भारतमा ऐतिहासिक ओपनिङ गरेको बताइएको छ । फिल्ममा प्रभास, राना दाग्गुबती, अनुष्का शेट्टी, सत्यराज, तमन्न भाटीया लगायतको मुख्य भूमिका रहेको छ ।

विशेष