रजनीकान्तको स्थान अब प्रभासलाई, दूध चढाएर सम्मान गरियो
वैशाख १६ । कुनै पनि कुरा सधैँ एकनास हुन सक्दैन भन्ने कुरालाई दक्षीण भारतीय अभिनेता प्रभासले पुष्टि गरिदिएका छन् । फिल्म ‘बाहुबली २’ को प्रदर्शनी पछि उनलाई अहिले दक्षिण भारतमा रजनीकान्तको दर्जा दिइएको छ ।
दक्षिण भारतमा अहिलेसम्म पनि रजनीकान्तलाई देवता मानेर पूजिन्छ । त्यसो त, पछिल्लो समय उनी अभिनित फिल्म ‘कबाली’ रिलिज हुँदा दक्षीण भारतमा सार्वजनिक बिदा नै दिइएको थियो । अब यस्तो प्रकारको सम्मान अर्का अभिनेता प्रभासले पनि पाउने भएका छन् । ‘बाहुबली २’ को रिलिजको दिन दक्षिण भारतस्थित हैदरबादका मानिसहरुले प्रभासको फोटोमा दूध चढाएर पूज्दै उनको भव्य स्वागत गरेका थिए ।
दक्षीण भारतमा बाहुबलीको उच्च सम्मान गर्दै बाहुबली नामको कलेज पनि स्थापना भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसका साथै कयौँ व्यवसायीहरुले बाहुबली विषयलाई मध्यनजर गरेर अनेक चिजहरु बनाउन सुरु गरेका छन् । बाहुबलीको नाममा मोबाइल फोन, चकलेट ब्राण्डको लिमिटेड एडिसन प्याक, पनि लन्च भइसकेको छ ।
उक्त फिल्मको लागि अभिनेता प्रभासले आफ्नो वजन ३० किलो बढाएर एक सय ५० किलो बनाएका थिए । फिल्म अहिले संसारभरका हलहरुमा प्रदर्शनरत छ ।