मनोरञ्जन

‘शो’ छाडेपछि एउटा ‘एपिसोड’ पनि हेरेनन् सुनीलले

‘शो’ छाडेपछि एउटा ‘एपिसोड’ पनि हेरेनन् सुनीलले
वैशाख १६ । बहुचर्चित कपिल शर्मा काण्ड फेरि पनि चर्चामा आएको छ । कारण, कमेडियन कपिल शर्माले रक्सीको मातमा दुव्र्यवहार गरेका कारण शो छोडेका अर्का सदस्य सुनील ग्रोभरले शो छोडे पछि एउटा पनि एपिसोड नहेरेको बताएका छन् । एक अन्तर्वातामा सुनीलले आफूले शो छोडेदेखि एउटा पनि एपिसोड हेर्न नपाएको बताएका हुन् । आफू धेरै व्यस्त भएका कारण शो हेर्न नपाएको उनको भनाई थियो । तर शोको प्रोमो भने हेरेको बताएका छन् । यसै सन्दर्भमा उनलाई अब शो मा फर्किने की नफर्किने भन्ने प्रश्न पनि गरिएको थियो । यसमा उनले आफूले यसबारे केही पनि नसोचेको बताएका छन् । यदि कपिलले व्यक्तिगत रुपमा आएर माफी मागे भने के गर्नुहुन्छ भन्ने प्रश्नमा सुनीलले भने, ‘हामी कल्नपामा किन बाँच्छौँ ? यो शो मेकानियल होइन । म त्यहाँ एक्लै थिइन । धेरै सदस्यहरु शोबाट बाहिरिएका छन् । त्यसबारे म जान्दिन । तर, अब हामी कहाँ जान्छौँ भन्ने कुराको निर्धारण समयले नै गर्नेछ ।’

Sunil Grover

विशेष