Technology

नेपाल टेलिकमले डोल्पामा सुरु गर्यो थ्रीजी सेवा

नेपाल टेलिकमले डोल्पामा सुरु गर्यो थ्रीजी सेवा
वैशाख – १६ । नेपाल टेलिकमले दूर्गम जिल्ला डोल्पामा थ्रीजी इन्टरनेट सेवा सुरु गरेको छ । टेलिकमले जिल्लाको ठूलो भेरी नगरपालिकास्थित जुफालबाट तेस्रो जेनेरेसनको इन्टरनेट सेवा सुरु गरेको हो । गत विहीबारबाट गुफालस्थित नेपाल टेलिकमको टावरबाट सीडीएमए फोनमा सो सेवा सुरु भएको दूरसञ्चार कार्यालय डोल्पाले जनाएको छ । तेस्रो जेनेरेसनको इन्टरनेट सेवाबाट दुर्गम जिल्लाका कुनामा बसेर तिब्र गतिमा इन्टरनेट सुविधा प्राप्त गर्ने कम्पनीको अपक्षा लिएको छ । नेपाल टेलिकम जुफालको टावरबाट थ्री जि सेवा सुरु गरिएपछि जिल्लाका त्रिपुराकोट, पहाडा, सुँ, जुफाल लगायतका बस्तीहरुमा इन्टरनेट सुविधा बिस्तार भएको छ ।

NTC

विशेष