खेल

त्रिभुवन आर्मीलाई वर्षको पहिलो उपाधि

त्रिभुवन आर्मीलाई वर्षको पहिलो उपाधि

वैशाख १७ । वीरगंजमा सम्पन्न प्रथम विशाल मेमोरियल गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मीले जितेको छ ।

नारायणी रंगशालामा शनिबार भएको खेलमा सिएमजी संकटा क्लबलाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । प्रतियोगिताको पहिलो हाफमा कुनै टिमले गोल गर्न नसकेपनि दोस्रो हाफको ६८ औं मिनेट र ७० औं मिनेटमा त्रिभुवन आर्मीका खेलाडी जर्ज प्रिन्स कार्कीले गरेको २ गोल नै निर्णायक बन्यो ।विजेता आर्मीले ५ लाख नगद सहित सिल्ड, ट्रफि प्रदान गर्यो भने उपविजेता संकटाले साँढे २ लाखमा चित्त बुझायो ।

प्रतियोगिताको म्यान अफ दी सिरिज सिएमजी क्लब संकटाका राज पौडेल घोषित भए । उनले सुजुकी १५० सि.सि.को मोटरसाइकल प्राप्त गरे ।

प्रतियोगिता हेर्नका लागि प्रधान सेनापति राजेन्द्र क्षेत्री, सहायक रथी ईश्वर हमाल, मध्य पृतनापति देव कुमार सुवेदी, वीरगंज स्थित बरख गणका गणपति नारायण बहादुर थापा, मध्यक्षेत्र प्रहरी कार्यालयका डिआईजी गणेश केसी लगायतका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

विशेष