स्वास्थ्य

तपाईको बच्चाको नाक कोट्याएर खाने बानी छ, यस्ता छन् फाइदा

तपाईको बच्चाको नाक कोट्याएर खाने बानी छ, यस्ता छन् फाइदा
वैशाख १६ । बच्चा सानो हुँदा नाक कोट्याउने र ‘स्नोट’ खाने गर्दछन् । कसै–कसैमा यो बानी ठूलो हुँदा जाँदासमेत छुट्न सक्दैन । जसलाई समाजमा एकदमै फोहरी बानीकोरुपमा हेरिन्छ । तर, जेसुकै होस् हालै भएको एक अध्ययनले त्यसरी नाक कोट्याएर खानाले मानव शरीरमा बहुउपयोगी फाइदा पुग्ने तथ्य सार्वजनिक गरेको छ । उक्त अध्ययन अमेरिकाको ‘नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फरमेसन’ले परमाणविक जीव विज्ञानसम्बन्धी सूचना खोजका लागि गरेको थियो । अध्ययनकर्ताहरुले खोजकोक्रममा मानिसको नाकभित्र टाँसिएर बसेको उक्त ‘स्नोट’ अर्थात् सिंगानको जमेको ढिक्का मानव शरीरका लागि बहुपयोगी हुने तथ्य पत्ता लागेको बताएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार त्यसरी जमेको सिंगान खाने व्यक्तिको दाँतलगायत अरु अंगमा प्रत्यक्ष सकरात्मक प्रभाव पर्ने उल्लेख गरेको छ । अध्ययनअनुसार यस र्यालले मुखमा रहेको ब्याक्टेरियाबाट जोगाउन मद्दत गर्दछ र दाँतलाई चम्किलोसमेत बनाउँछ । अध्ययनकर्ताहरुले मानिसहरुको सिंगानबाट सिंथेटिक चुइगम तथा टुथपेस्ट बनाउन सकिने बताएका छन् । उनीहरुले यस तरिकाबाट सिंगानको प्रयोग गर्न सकिए मानिसहरुको दाँतको समस्यालगायत अरु औषधिकोरुपमा प्रयोग गर्न सकिने उल्लेख गरेका छन् । समाजमा बालबालिकाले आफ्नो नाक कोट्याउँदा उनीहरुप्रति ठूला व्यक्तिले गर्ने व्यवहार परिवर्तन गर्न जरुरी छ ।’ अध्ययनमा संलग्न एक डाक्टरले भने । उनले मानिसहरुले शरीरमा भोजन पचाउनका लागि घाँटीमा किन चिल्लोपदार्थ उत्पादन हुन्छ ? भन्ने कुरा बुझ्नुपर्ने भन्दै मेडिकल क्षेत्रमा यसले ठूलो अर्थ राखेको बताए । उनकाअनुसार मानव शरीरको प्रतिरक्षा प्रणालीमा नाकले फिल्टरको काम गर्दछ र ब्याक्टेरियाहरुलाई एकढिक्का बनाएर राख्दछ । अन्त्यमा यो एकढिक्का बनेको सिगानको डल्लो ‘स्नोट’ले एक महत्वपूर्ण औषधिको काम गर्दछ ।

विशेष