खेल

बार्सा स्पेनिश ला लिगाको शिर्षमा उक्लियो

बार्सा स्पेनिश ला लिगाको शिर्षमा उक्लियो

वैशाख १७ । स्पेनिश ला लिगा अन्र्तगत गएराति भएको खेलमा वार्सिलोना र रियल मड्रीड विजयी भएका छन् ।

गएराती भएको खेलमा बार्साले स्पानोयललाई तीन शुन्यले पराजित गर्दे अंकताकिाको शिर्षमा पुगेको छ । वार्सालाई विजयी गराउन २ गोल गरेका लुयिज स्वारेज नायक बने उनले खेलको ५० औं र ८७ औं मिनेटमा गोल गरे । त्यस्तै खेलको ७६ औं मिनेटमा इभान रक्तिकले गोल गरे ।

गए राति नै भएको अर्को खेलमा रियाल मड्रिडले भ्यालेन्सियालाई २–१ गोल अन्तरले पराजित गरेको छ । रियाललाई जित दिलाउन खेलको पहिलो हाफको २७ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोल मार्फत अग्रता लिएको थियो । त्यस्तै खेलको ८२ औं मिनेटमा भ्यालेन्सीयाका डेनियल प्रजोले बराबरी गोल फर्काए ।

त्यसको ४ मिनेटपछि रियालका मार्सेलोले गोल गर्दै खेललाई २–१ गोलले विजयी गराए । प्रतियोगिताको ३५ औं खेलबाट ८१ अंकका साथ लिग तालिकाको शिर्ष स्थानमा रहेको छ भने एक खेल कम खेलको रियाल समान ८१ अंकका साथ दोस्रो स्थानमा छ ।

barsa

विशेष