खेल

हंगकंगसँग नेपालको खेल अक्टोबरमा

हंगकंगसँग नेपालको खेल अक्टोबरमा

वैशाख १७ ।  आईसीसी विश्व क्रिकेट लिग च्यापियनशिप अन्तर्गत छैठौ चरण अन्तर्गत नेपाल र हंगकंगको खेल यही बर्ष अक्टोबर १३ र १५ तारिकमा हुने निश्चित भएको छ ।

आईसीसीले आफ्नो वेबसाइटमा सार्बजनिक गरेको तालिका अनुसार दुवै खेल हंगकंग स्थित टिन क्वोंग रोड मैदान, मोंगहकमा संचालन हुनेछ ।

नेपालले गत महिना केन्यासंग मार्च ११ र १३ तारिकमा केन्यासंग घरेलु मैदानमा २ वटा खेल खेलेको थियो । बिश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नेपालले स्कटल्याण्ड, पपुवा न्यु गिनी, नामिबिया, नेदरल्याण्ड र केन्यासंग गरि १० खेल खेलीसकेको छ जसमध्ये ४ वटामा जित र ६ वटामा हार हार बेहोर्दै अंकतालिकाको छैठौ स्थानमा रहेको छ ।

अंकतालिकामा उत्कृस्ट ४ भित्र रहँदै बिश्वकप छनौट खेल खेल्न नेपालले अब बाँकी हंगकंग र युएईसंग २–२ खेलमा जित महत्वपूर्ण रहेको छ ।

Nepal Hongkong

विशेष