मनोरञ्जन

पाँच करोडको लागतको फिल्ममा काम गर्दै दिपेन्द्र र खगेन्द्र

पाँच करोडको लागतको फिल्ममा काम गर्दै दिपेन्द्र र खगेन्द्र
वैशाख १७ । चलचित्र ‘पशुपति प्रसाद’ र ‘धनपति’ पछि फेरि पनि निर्देशक दिपेन्द्र के खनाल र अभिनेता खगेन्द्र लामिछानेले एकसाथ काम गर्ने भएका छन् । करिब पाँच करोडको लागतमा बन्न लागेको उक्त फिल्म मंगसिरदेखि फ्लोरमा जाने बताइएको छ । अहिलेको लागि खगेन्द्रबाहेक फिल्ममा अन्य कलाकारहरुको भने छनौट भइसकेका छैनन् । दिपेन्द्र के खनालकै निर्देशनमा बन्न लागेको उक्त फिल्मको नाम पनि टुंगो भने लागिसकेको छैन । फिल्मलाई सुरज सिने आट्र्सले निर्माण गर्न लागेको हो । उक्त ब्यानरमा यसअघि पनि ‘लभ लभ लभ’ नामको फिल्म रिलिज भइसकेको छ । शर्मिला पाण्डे नै निर्माता रहने उक्त फिल्मका लागि हालसम्म अभिनयका लागि खगेन्द्रमात्र तय भएका छन् । फिल्मको कथा निर्देशक खनालले नै लेखिरहेका छन् । फिल्ममा नेपालबाट लुकीछिपी अमेरिका जाने तीन पात्रको कथालाई पर्दामा देखाइने बताइएको छ । भारत, थाइल्याण्ड हुँदै लुकीछिपी अमेरिका पुग्दा दजनौँ देशको बाटो प्रयोग हुन्छन् । ती सबै देशमा फिल्म छायांकन हुने बताइएको छ ।

विशेष