मनोरञ्जन

फिल्म प्रचार गर्ने ऋचाकाे यस्तो आइडिया

फिल्म प्रचार गर्ने ऋचाकाे यस्तो आइडिया

काठमाडौँः जेठ २४ गतेदेखि नेपालभर रिलिज हुन लागेको फिल्म ‘आधा लभ’ले आफ्नो प्रचारको काम नयाँ ढंगले सुरु गरेको छ । फिल्मकी निमात्रीसमेत रहेकी ऋचा शर्माले नेपाल आजसँगको कुराकानीमा प्रचारप्रसारका लागि कविता वाचन प्रतियोगिता गर्न लागेको बताइन् ।

कवितामात्र नभएर आधा लभ शीर्षकमा कथा, कविता, निबन्ध, मुक्तक लगायत जुनसुकै रचनाहरु [email protected] मा पठाउन सकिने उनले जानकारी दिइन । जेठ १७ गतेसम्म उक्त रचनाहरु पठाइसक्नुपर्ने र विजेतालाई आकर्षण पुरस्कारको पनि व्यवस्था गरिएको अभिनेत्री शर्माले बताइन । यसका साथै विद्यार्थीहरुलाई मध्यनजर गरेर प्रचारको लागि कलेजमा पनि जाने उनले जानकारी दिइन् ।

अभिनेता अर्पण थापाको लेखन र निर्देशन रहेको फिल्म ‘आधा लभ’ मा अर्पण र ऋचालगायत मिथिला शर्मा, टीका पहारी, रेमनदास श्रेष्ठ, रोजीशा शाही आदिको पनि भूमिका रहेको छ ।

आधा लभ ऋचा शर्मा

विशेष