खेल

रियाल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

रियाल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

बैशाख २८ । स्पेनिस फुटबल क्लब रियाल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

गए राति भएको खेलमा स्पेनकै एथ्लेटिको मड्रिडसँग २–१ ले हारे पनि समग्रमा ४–२ को जित निकाल्दै रियाल मड्रिड फाइनलमा पुगेको हो । एक साता अघि आफ्नै मैदानमा भएको पहिलो लेगको खेलमा रियाल मड्रिड ३–० ले विजयी भएको थियो ।

बुधबार रातिको खेलमा एथ्लेटिको मड्रिडका साउल निग्वेज र एन्टोनियो ग्रेजम्यानले एकरएक गोल गरे । रियाल मड्रिडका लागि भने ईस्कोले एक गोल फर्काए । बुधबार रातिको खेलसँगै युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । 

वेल्सको कार्डीफमा यही जुन ३ तारिखमा हुने उपाधि भिडन्तमा ईटालीको युभेन्टस र स्पेनको रियाल मड्रिड भिड्नेछन् ।

युरोपियन च्याम्पियन्स लिग फुटबल

विशेष