समाज

गुल्मीमा जिप दुर्घटना : एककाे मृत्यु, तीन गम्भीर घाइते

गुल्मीमा जिप दुर्घटना : एककाे मृत्यु, तीन गम्भीर घाइते

गुल्मी : जिल्लाको इस्मा गाउँपालिकामा जिप दुर्घटना भएको छ । इस्मा गाउँपालिका ४ मौलीपोखरामा लु १ च ६६८४ नम्बरको पिकअप जिप दुर्घटना हुदाँ सोही स्थानकी ४० बर्षिय कल्पना गन्र्धवको मृत्यु भएको छ ।

त्यस्तै दुर्घटनामा परि कल्पनाका ५३ बर्षिय श्रीमान वावुराम गन्धर्व, सोही स्थानकै २२ बर्षिय हुमकला विक, वुटवल घर भई आफन्तकोमा जादै गरेकी बर्ष ६० की रुकी सुनार गम्घिर भाईते भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । उक्त घटनामा परि मालिका गाउँपालिका मरभुङ घर भएका जिपका चालक २६ बर्षिय सागर केसी र इस्मा ४ की ३५ बर्षिय सरस्वती अर्याल सामान्य घाईते भएका छन । गम्भिर घाईतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ । जिप सड्कबाट करिव २ सय मिटर तल खसेको स्थानीय केशव अर्यालले जानकारी दिए ।

जिपका चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् । प्रहरी नियन्त्रणमा रहेका चालकका अनुसार बेक्र फेल भएर दुर्घटना भएको हाे ।

गुल्मी जिप दुर्घटना

विशेष