फुड

तौल बढेर हैरान हुनुहुन्छ खाने तरिका बदल्नुहाेस्

तौल बढेर हैरान हुनुहुन्छ खाने तरिका बदल्नुहाेस्

असन्तुलित भोजन र धेरै कारणहरुले गर्दा मानिसको वसन असिमित मात्रामा बढ्दै र घट्दै गएको छ । विशेषगरि यतिबेला आफ्नो वजन घटाउन लागि परिरहेका मानिसहरु प्रशश्तै भेटिन्छन् । कतिले खाना पूर्ण रुपमा कम गरेर वजन घटाउने अभियानमा लागेका हुन्छन् भने कति मात्रा मिलाएर खाने गर्छन् ।

१) खाना नखाएर डाइटिङ हुँदैन — खाना नखाई नखाई वजन घटाउनु गलत तरिका हो । यसले शरीरका लागि चाहिने न्युनतम तत्वकोसमेत अभाव हुने खतरा हुन्छ । वजन घटाउन खाएको क्यालोरी भन्दा शक्तिका रुपमा प्रयोग भएको खानाको अथवा क्यालोरीको मात्रा धेरै हुनुपर्छ ।

२) सागसब्जीलाई प्राथामिकता —शक्तिमा प्रयोग हुने क्यालोरीको मात्रा बढि चाहिने भएकाले बिहान र दिउँसो खाजा र यदि सकिन्छ भने रातीको समयमा पनि मासुजन्य परिकारको साटो सागसब्जी खानुपर्छ । सागसब्जीमा क्यालोरीको मात्रा पनि कम हुन्छ ।

३) खाना र प्लेटको एउटै रङ —कोर्नेल विश्वविद्यालयले गरेको अनुसन्धानले प्लेट र खानाको रङ एउटै भएको अवस्थामा मानिसले खाा बढि मात्रामा उपभोग गरेको पत्ता लागेको थियो । त्यसकारण यदि थोरै खाने मन भएमा खाना र प्लेटको रङ भिन्न हुनु जरुरी छ । सलादमा क्यालोरी कम हुने भएकाले हरियो प्लेटमा हरियो सलाद खान सकिन्छ ।

४) मधुरो बत्ती र संगीत —यस्तैगरि अर्को अनुसन्धानले मधुरो संगीत र बत्तीमा मानिसले बिस्तारै खाने गर्छ भन्ने कुरा प्रमाणीत गरेको छ । विभिन्न अनुसन्धानकन अनुसार समय लगाएर खाइयो भने थोरै खाइन्छ । त्यसकारण पनि खाने बेलामा मधुरो बत्ती बालेर संगीत सुन्न सकिन्छ ।

५) बिहानको सुरुवात पानीबाट —विहान उठ्ने वित्तिकै पानी पिउनाले पनि डिहाइड्रेसन हुन नदिनुका साथै यसले भोक लागेको महशुश हुन दिँदैन र आवश्यक्ता भन्दा बढि खानाबाट जोगाउँछ ।

६) ताछेर खाने खानेकुरामा जोड —वजन घटाउनको लागि अर्को खाने तरिका हो, ताछेर खाने खानेकुरामा जोड दिनु । सुन्तला, केरा, ओखर, बदामजस्ता छाडाएर खानेकुरा ताछ्न समय लाग्छ जसले गर्दा यस्ता खानेकुरा कम मात्रामा खाइन्छ । विभिन्न अनुसन्धानका पुष्टि अनुसार ताछेर भन्दा नताछेर खाइने खानेकुरा बढि खाइन्छ ।

७) खाना अघि भेजिटेबल सुप —खाना खानुअघि भेजिटेबल सुप खानाले पनि क्यालोरी खपत हुन्छ । सन् २००७ मा गरिएको एउटा अनुसन्धानले खानाअघि एपेटाइजरका रुपमा खानाले क्यालोरी इनटेक २० प्रतिशतले कम हुने पुष्टि भएको थियो ।

विशेष