मनोरञ्जन

७ वर्ष बोलचाल बन्द गरेका रेखा र आर्यनको पुर्नमिलन

७ वर्ष बोलचाल बन्द गरेका रेखा र आर्यनको पुर्नमिलन


वैशाख २८ । ‘कसले चोर्यो मेरो मन’, ‘किस्मत’, ‘हिफाजत’ जस्ता चलचित्रमा सँगै काम गरेपछि त्यसको सात वर्षसम्म बोलचाल बन्द भएका अभिनेता आर्यन सिग्देल र रेखा थापाको पुर्नमिलन भएको छ । व्यक्तिगत रुपमा बोलचाल सुरुमात्र नभएर उनीहरु फिल्ममा पनि सँगै देखिने भएका छन् ।

रेखा फिल्मसबाट निर्माण हुन लागेको फिल्म ‘रुद्रप्रिया’ बाट आर्यन र रेखा सँगै देखिन लागेका हुन् । प्रश्नको सधैँ कूटनीतिक जवाफ फर्काउने रेखाले यसबारे पनि कूटनीतिक रुपमा उत्तर दिन भने पछि परिनन् । समयको अभावले एक अर्कासँग भेट हुन नपाएको भन्दै रेखाले उत्तर दिइन् ।

व्यक्तिगत खटपटले व्यावसायिक क्षेत्रमा क्षति पुग्दा फिल्म उद्योग र दर्शकलाई आफूहरुले अन्याय गरेको महशुश भएको भन्दै रेखाले आर्यनसँग फिल्म खेल्न लागेको जानकारी गराइन् ।

यत्तिका समय बोलचाल बन्दै हुनुमा केही न केही कारण पक्कै थियो भन्ने पत्रकारको जिज्ञासामा आर्यनले आफ्नो तर्फबाट भने केही समयस्या नभएको बताए । काम नपरेसम्म आफूले कसैलाई सम्पर्क नगर्ने गरेको तर पत्रकारहरु आफैले कल्पनीक कथा रचेको उनले बताए ।

विशेष