Technology

फोनजस्तै अब घरको भित्ता पनि टच स्क्रिन बन्ने

फोनजस्तै अब घरको भित्ता पनि टच स्क्रिन बन्ने

वैशाख २८ । घरको भित्ता, टेबल, गितारजस्ता कुनै पनि ग्याजेटको स्क्रिनमा अब स्प्रे छर्किएको भरमा सबै टचस्क्रिन बन्ने भएको छ ।

वैज्ञानिकहरुले पछिल्लो समय एउटा यस्तो प्रविधिको विकास गरेका छन् जसले जुनसुकै सतहलाई पनि टचस्क्रिनमा बदलिदिन सक्छ । ‘इलेक्ट्रिक’ नाम गरेको लो कस्ट टच सेन्सिङ टेक्नोलोजीमा एउटा स्प्रे पेन्टिङको प्रयोग गरेर कुनै पनि सतहलाई टचस्क्रिनमा परिणत गर्न सकिन्छ ।

वैज्ञानिकहरुकाअनुसार उक्त प्रविधिको सहायताले कुनै पनि वस्तु, सतह तथा सरसामानमा विद्युतीय सूचालक लेपन गरिनेछ । त्यसको कन्डक्टिभ मेटरियलमा केही इलोक्ट्रोड टाँसेपछि त्यहाँबाट तरंग प्रवाहित हुने वैज्ञानीकहरुले बताएका छन् ।

यो प्रविधिको विकास अमेरिकाको कार्नेगी विश्वविद्यालयका शोधकर्ताहरुले गरेका हुन् । यसरी स्प्रे पेन्टलाई टचस्क्रिनमा बदल्ने प्रविधिलाई इलेक्ट्रिक फिल्ड टोमोग्राफी भनिन्छ । वैज्ञानिकहरुले स्मार्टफोन तथा ट्याबको टचस्क्रिनले कम गर्ने प्रविधिमा आधारित भएर नयाँ टचस्क्रिन प्रविधिको विकास गरेका हुन् ।

यद्दपी यो प्रक्रिया प्रारम्भीक अवस्थामा भएको हुँदा यसले स्मार्टफोनको स्क्रिनलेजस्तो उच्च क्षमतामा भने काम गर्न नसक्ने बताइएको छ ।

 

विशेष