मनोरञ्जन

प्रभाससँग बोलचाल बन्द गर्ने कंगना अहिले उनैको तारिफ गरेर भ्याउँदिनन्

प्रभाससँग बोलचाल बन्द गर्ने कंगना अहिले उनैको तारिफ गरेर भ्याउँदिनन्


वैशाख २८ । चलचित्र ‘बाहुबली २’ को प्रदर्शनदेखि अभिनेता प्रभासको चर्चा सेलाएको छैन । यतिबेला उनी फेरि अर्को चर्चामा आएका छन् । कारण, अभिनेत्री कंगना रनौटसँगको विवाद ।

बलिउड अभिनेत्री कंगना र प्रभासले पहिला पनि अन स्क्रिन रोमन्स गरिसकेका छन् । सन् २००९ मा फिल्म ‘आइ’ का निर्देशक पुरी जगन्नाथको फिल्म ‘एक निरंजन’ मा उनीहरु दुईले एकसाथ काम गरेका थिए ।

हालै कंगनाले अहिले प्रभासको प्रगती देखेर आफू एकदमै खुशी भएको बाएकी छिन् । यी दुई एकसाथ काम गर्दा धेरै झगडा पर्ने गरेको कंगनाले बताइन् । झगडाका कारण कति समयसम्म बोलचाल पनि बन्द हुने गरेको कंगनाले खुलाशा गरिन् ।

फिल्म ‘बाहुबली’हेरेपछि बल्ल प्रभासको तारिफ गर्न थालेकी कंगना अहिले फिल्म ‘बाहुबली २’ हेरेर आफू निकै खुशी भएको र प्रभासको उपलब्धीले उत्साहित भएको बताइन् ।

कंगना भारत

विशेष