मनोरञ्जन

रनबीर कपुरका लागि आमाले खोजीन् बेहुली

रनबीर कपुरका लागि आमाले खोजीन् बेहुली


वैशाख २८ । केही समयअघि आमा नितु कपूरसँग अकस्मात लण्डन पुगेका बलिउड अभिनेता रनबीर कपूरबारे भारतीय मिडियामा नयाँ बहस हुन थालेको छ । दुई आमाछोरा लण्डनमा केटी हेर्न गएको कुराले यतिबेला चर्चा पाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता रनबीर कपूरकी आमाले रनबीरलाई फिल्म उद्योग बाहिरकी केटी खोजी रहेकी थिइन । त्यसो त पहिला पनि नितुले रनबीरका फिल्म उद्योगका कथित प्रेमिका दिपिका पादुकोण र कट्रिना कैफसँगको प्रेमलाई स्वीकार गरेकी थिइनन् ।

यतिबेला भने रनबीरलाई लण्डनका एक व्यापारीकी छोरीसँग नितुका नजिकका साथीहरुले भेटवार्ता गराइदिएका छन् । रनबीर र नितु दुबैले उक्त केटीसँग भेटेपछि परिवारलाई पनि मन परेको खबर बाहिरिएको छ । अभिनेत्री कट्रिना कैफसँग प्रेममा हुँदा नै विवाह गर्ने तयरीमा रहेका थिए रनबीर । तर, कारणबस उनीहरुको सम्बन्ध टुट्यो ।

करिब पाँचवटा प्रेम सम्बन्धमा बाँधिएपछि रनबीरले अब मागी विवाह गर्न लागेका हुन् ।

विशेष