देश

किसोरीसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

रबिन्द्र यादव

किसोरीसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

परासी, बैशाख - २८ । नवलपरासीमा किसोरीहरुको, गाविस अध्यक्षव एवं सचिवहरु संगको दुई दिने चौमासिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजनामा जिल्लाको विभिन्न गाविसबाट करिब २० जना किसोरीहरु उपस्थित भएका थिए । अन्तरकृया कार्यक्रममा जिल्लामा देखिएका किसोरीमा बहु विवाह, बलात्कार, लैङ्गिक भेदभाव, किसोरी बेचविखन, शिक्षाको कमी, किसोरी असुरक्षित, महिला अधिकार हनन् लगायतका घटनाहरुको बारेमा छलफल भएको थियो ।

जिल्लामा बढदो यस्ता घटनाहरुलाई न्युनिकरण गर्न सबै महिला तथा किसोरी संजाल र सम्बन्धित निकायहरु एकजुट भई लाग्न किसोरीहरुले आग्रह गरेका थिए । किसोरीहरुलाई समाजमा स्थापित हुन विभिन्न चुनौतीहरुको सामना गर्न पर्ने हुँदा किसोरीहरुको क्षमता अभिबृद्धि, जनचेतना मुलक, शिप मुलक र नेतृत्व विकास जस्ता तालिम गोष्ठीको आवश्यकता रहेको किसोरीहरुले माग गरेका थिए । महिला तथा बालिका कार्यालयकि कार्यालय प्रमुख उर्वराल लुईटेलको अध्यक्षतामा सो अन्तरकृया कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम

विशेष