मनोरञ्जन

मजाकका पात्र बन्न पुगेका बलिउड सेलिब्रेटि

कोही काली भएर त कोही मोटो

मजाकका पात्र बन्न पुगेका बलिउड सेलिब्रेटि


काठमाडाैँः जो कोही पनि मानिस आफ्नो जीवनमा कतै न कतैबाट अपहेलित बन्न पुगेका हुन्छन् । कसैले अरुले गरेका अपमानलाई शक्तिमा बदलेर केही गरेर देखाउँछन् भने कसैले त्यसलाई नै आफ्नो कमजोरी ठान्छन् । यी हुन् ती बलिउड सेलिब्रेटि जसले आफूमा बनेको मजाकलाई शक्तिमा परिणत गराए ।

प्रियंका चोपडा — मिस इन्डिया हुनुअघि बलिउड अभिनेत्री प्रियंका चोपडा अमेरिकामा आफ्नो काकीलाई भेट्न गएकी थिइन् । त्यहाँको विद्यालय कस्तो हुन्छ भनेर अवलोकन गर्दा उनी अमेरिकामै बसेर पढ्ने भइन् । त्यहाँ पढ्दै गरेको समयमा जुनियन स्टिभनस् नाम गरेकी केटीले उनलाई खुब धम्काउने गर्थिन् । अमेरिकामा काला जातीलाई गरिने अभेद व्यवहार प्रियंकालाई पनि त्यहाँका केटीहरुल गर्ने गर्थे । यस्ता क्रियाकलापबाट मुक्त हुन प्रियंका फेरि इन्डिया फर्केकी थिइन् । आज उनी सुपरस्टार मध्येमा गनिन्छिन् ।

ऋतिक रोशन — बलिउड अभिनेता ऋतिक रोशनलाई बोल्दा भकभकाउने समस्या थियो । उनको यस्तो समस्याले साथीहरुकोबीच उनी धेरै पटक मजाकको पात्र बन्न पुगे । बोल्दा हुने यस्तो समस्याका कारण उनले स्पीच थेरापीका साहारा लिएका थिए । सन् २००० मा ‘कहो ना प्यार’ बाट बलिउडमा डेब्यु गरेपछि उनले अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको भने छैन ।

सोनाक्षी सिन्हा — बलिउड अभिनेत्री सोनाक्षी फिल्ममा आउनुभन्दा पहिला निकै मोटी थिइन् । त्यसकारण उनलाई मोटी मोटी भनेर खुब मजाक उडाइन्थ्यो । सोनाक्षीले बलिउडमा आउनकै लागि आफ्नो वजन घटाएकी थिइन् । पहिलो फिल्म ‘दबंग’ बाट नै चर्चा कमाएकी उनले अहिलेसम्म राउडी राठोर, दबंग २, सन अफ सरदार, लुटेराजस्ता सफल चलचित्र दिइसकेकी छिन् ।

अभिसेक वच्चन — अभिनेता अभिसेक वच्चन पनि बाल्यकालमा मजाकको पात्र बन्ने समस्याबाट बच्न सकेनन् । उनी डिस्लेक्सिया नामको बिमारीबाट ग्रसित थिए । उनी ठिकसँग पढ्न र लेख्न सक्दैनथे । उनको यस्तो बिमारीमा कारण स्कुलमा उनलाई साथीहरुले खुब मजाकको पात्र बानाउँथे । अहिले आफ्नो बिमारीबाट छुटकारा पाएका अभिसेक पनि चर्चित छन् ।

करण जोहर — बलिउडका निर्माता तथा निर्देशक करण जोहरले अहिलेसम्म धेरै हिट फिल्महरु दिइसकेका छन् । करण पनि बाल्यअवस्थामा ज्यादै मोटो थिए । कोटो भएकै कारण उनलाई साथीहरुले मजाक बनाएर उडाउँथे । तर, अहिले मोटोपनाबाट विलकुल टाढा पुगिसकेका करण बलिउडमा एक सफल निर्देशक तथा निर्माताको रुपमा गनिन्छन् ।

अर्जुन कपूर — बच्चामा अभिनेता अर्जुन कपूर पनि खुब मोटो थिए । स्कुलमा बचहरु उनलाई मोटो भएकै कारा हाँसोमजाक गर्ने गर्थे । २० वर्षको उमेरसम्म पनि सुस् र मोटो रहेका अर्जुनले बलिउडमा आउनको लागी वजन कम गरेका थिए । सन् २०१२ मा फिल्म ‘इशकजादे’ बाट बलिउडमा डेब्यु गरेका अर्जुनले अहिले ‘२ स्टेट्स’, ‘गुण्डे’ ‘की एण्ड का’ जस्ता हिट चलचित्र दिइसकेका छन् । एजेन्सी

प्रियंका चोपडा अर्जुन कपूर अभिसेक बच्चन साेनाक्षी सिन्हा ऋतिक रोशन

विशेष