खेल

आइपिएलः दिल्लीको प्लेअफमा पुग्ने आशा जिवितै

आइपिएलः दिल्लीको प्लेअफमा पुग्ने आशा जिवितै

काठमाडाै‌ : इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएसँगै प्लेअफमा पुग्ने आशा जिवितै रहेको छ ।

कानपुरको ग्रिनपार्क रंगशालामा भएको खेलमा दिल्लीले गुजरात लायन्सलाई दुई विकेटले पराजित गरेको हो । एक सय ९६ रनको लक्ष्य दिल्लीले दुई बाँकी रहँदा ८ विकेटको क्षतिमा भेट्टायो ।

दिल्लीको लागि श्रेयस आइएरले सर्वाधिक ९६ रन बनाए । त्यस्तै करुण नायरले ३० तथा प्याट कमिन्सले २४ रन बनाए । गुजरातको लागि जेम्स फल्कनरले दुई विकेट लिए भने धवल कुल्कार्नी, प्रदीप साङवान र बासिल थाम्पिले समान एक–एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ९५ रन बनाएको थियो । गुजरातको लागि एरोन फिन्चले सर्वाधिक ६९ रन बनाए । त्यस्तै दिनेश कार्तिकले ४० तथा इशान किशनले ३४ रन बनाए । दिल्लीको लागि मोहम्मद शामी, प्याट कमिन्स, अमित मिश्रा र कार्लोस ब्राटवेटले समान एक–एक विकेट लिए ।

जितपछि छैटौं स्थानमा रहेको दिल्लीको १२ खेलबाट १० अंक भएको छ भने गुजरात १३ खेलबाट ८ अंकसहित सातौं स्थानमा छ ।

क्रिकेट दिल्ली डेयरडेभिल्स इण्डियन प्रिमियर लिग (आइपिएल)

विशेष