मनोरञ्जन

गायिका अन्जना राईको आवाजमा 'शितको थोपा'

गायिका अन्जना राईको आवाजमा 'शितको थोपा'

काठमाडाैंः गायिका अन्जना राईको आवाजमा रहेको आधुनिक गीत 'शीतको थोपा' चर्चामा आएको छ र उक्त गीतमा चर्चित मोडल एंव सञ्चारकर्मी सुनिल बलाल, बबिन पौडेल र अनुप श्रेष्ठको अभिनय रहेको छ ।

मायामा धन र सानो जातले निम्त्याएको परिस्थिति अनि माया पाउन गरेको संघर्ष र कसैको सानो त्याग र सहयोगले मायाका जोडीले पाएको खुशीलाई भिडियोमा देखाउन खोजिएको निर्देशक बिकास श्रेष्ठ तथा गायिका अन्जना राईले बताए । गीतको भिडियोलाई सन्देशमुलक बनाउन खोजिएको छ ।

धेरै मेहनत गरेको कारण दर्शक स्रोताले मन जित्नेमा गायिका अन्जना राई आशावादी छन् । उत्कृष्ट गीत भएको कारण पनि भिडियो राम्रो बनेको म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरु बताउँछन् । म्युजिक भिडियोमा प्रदिप गुरुङले छायांकन गरेका छन् ।

म्युजिक भिडियो निर्देशन भने सञ्चारकर्मी बिकास श्रेष्ठले नै गरेका छन् । भिडियो माधव वेल्वासेको सम्पादन गरेका छन् । Budha Subba Digital Pvt Ltd ले गीतलाई बजारमा ल्याएको हो ।

विशेष