मनोरञ्जन

भोजपुरी फिल्ममै व्यस्त बिराज भट्ट

भोजपुरी फिल्ममै व्यस्त बिराज भट्ट

काठमाठडौँ: कुनै समयका चर्चित एक्सन नायक बिराज भट्टलाई दर्शकले नेपाली फिल्ममा नदेखेको धेरै समय भइसकेको छ । भोजपुरी फिल्ममै व्यस्त रहेको बिराज केही समयअघि ‘जय परशुराम’ बाट कमब्याक गरेका थिए । तर, फिल्मले आशातित व्यापार गर्न नसक्दा बिराज पुनः भोजपुरी फिल्ममा नै फर्किएका छन् ।

फिल्म ‘जय परशुराम’को प्रचारको समयमा आफूले अब नेपाली फिल्मलाई पनि सक्रियता दिने बताएका बिराजले त्यसपछि भने कुनै पनि नेपाली फिल्म साइन गरेनन् । जय परशुरामको रिलिज पछि धेरै निर्माताहरु स्क्रिप्ट लिएर पनि बिराजको घरसम्म पुगेका थिए र तर बिराजले भने कुनै पनि नेपाली फिल्ममा साइन गरेका खबर आएनन् ।

‘जय परशुराम’मा उनको कमब्याक अर्का अभिनेता निखिल उप्रेतिको कमब्याकसँग पनि तुलना हुन थालेको थियो । कुनै समयका प्रतिस्पर्धी निखिलले पाँच वर्षपछि फिल्म ‘भैरव’बाट धमाकेदार कमब्याक गरेको समयमा विराजको फिल्मले भने राम्रो व्यापार गर्न सकेन । तर, फ्यानो क्रेज भने देखिएकै थियो ।

यतिबेला भने उनी भाजपुरी फिल्ममै व्यस्त रहेका छन् । करिब पाँच छ वर्षको समयमा उनले पचासवटाभन्दा बढि भोजपुरी फिल्ममा काम गरिसकेका छन् ।

बिराज भट्ट भोजपुरी फिल्म

विशेष